यस Upayogi Mudraharu लेशमा स्वास्थ्यका केही उपयोगी मुद्राबारे जानकारी दिइएको छ।
Upayogi Mudraharu | उपयोगी मुद्राहरू
बिहानीपख नित्यकर्म गरिसकेपछि आसन ओछयाएर पद्मासन अथवा सुखासन जमाएर बस्ने । 5-10 गहिरो सास लिएर बिस्तारै बिस्तारै छाडने । त्यसपछि शान्तचित्त भएर निम्न मुद्राहरू दुवै हातले गर्ने । विशेष आवश्यक परिस्थितिमा यसलाई जहिले पनि गर्न सकिन्छ ।
ज्ञानमुद्रा –
तरिका – चोरऔंलो अर्थात पहिलो औंलाको टुप्पो बुढीऔंलाको टुप्पोसँग स्पर्श गराउने । बाँकी तीन औंला सीधा राख्ने ।
लाभ – अनिद्रा, अतिनिद्रा, कमजोर स्मरणशक्ति, रिसाउने स्वभाव आदि जस्ता मानसिक रोगमा यो मुद्रा अत्यन्त लाभदायक छ । यो मुद्रा गर्दा पाठपूजा, ध्यानभजनप्रति रुचि बढछ । यस मुद्राको अभ्यास प्रतिदिन तीस मिनेटसम्म गर्न सकिन्छ ।
प्राणमुद्रा –
तरिका – कान्छीऔंला, साहिँलीऔंला र बुढीऔंलाका टुप्पाहरू स्पर्श गराउने । बाँकी दुई औंला सीधा रहुन ।
लाभ – यो मुद्रा प्राणशक्तिको केन्द्र हो । यसको नियमित अभ्यास गरेमा शरीर निरोग हुन्छ । आँखाको रोग निको हुन्छ । चस्माको नम्बर कम गर्नका लागि पनि यो मुद्रा अत्यन्त उपयोगी छ ।
लिङगमुद्रा –
तरिका – दुवै हातका औंलाहरूलाई परस्पर साङगली पारेर भित्रतिर रहेको बुढीऔंलालाई माथितिर सीधा पारेर ठडयाउने ।
लाभ – शरीरमा उष्णता बढाउँछ । खोकी निको हुन्छ । कफ नाश गर्छ ।
शून्यमुद्रा –
तरिका – माझीऔंलालाई भित्रपटटि मोडेर बुढीऔंलाको मूलमा लगाऊ । त्यसलाई बुढीऔंलाले हलुकासँग थिची राख्ने । बाँकी तीन औंलाहरू सीधा रहुन ।
लाभ – कान दुखाई कम हुन्छ । कानबाट पिप बहन बन्द हुन्छ । कान सुन्दैन अथवा बहिरोपनाको समस्या भएकाले यो मुद्रा 4-5 मिनेटसम्म गर्नुपर्छ ।\
यो पनि पढ्नुहोसः सुखी जीवनका युक्तिहरू
सूर्यमुद्रा –
तरिका – साहिँलीऔंलालाई मोडेर बुढीऔंलाको मूलमा लगाऊ । त्यसलाई बुढीऔंलाले हलुकासँग थिची राख्ने । बाँकी तीन औंला सीधा रहुन ।
लाभ – शरीरमा एकत्रित अनावश्यक बोसो कम हुन्छ । शारीरिक स्थूलता हटछ ।
वायुमुद्रा- Upayogi Mudraharu
तरिका – चोरऔंलालाई मोडेर माथितिर बुढीऔंलाको मूलमा लगाऊ । त्यसलाई बुढीऔंलाले हलुकासँग थिची राख्ने । बाँकी तीन औंला सीधा रहुन ।
लाभ – हातखुटटाको जोर्नीको दुखाइ, पक्षघात, वातोन्मात आदि रोगमा फाइदा हुन्छ ।
यो मुद्रा र प्राणमुद्रा एक साथ गर्दा छिटो लाभहुन्छ ।
अपानवायु मुद्रा- Upayogi Mudraharu
तरिका – चोरऔंलालाई बुढीऔंलाको मूलमा लगाएर यसको टुप्पोलाई बिचका दुवै औंलाको टुप्पोसँग मिलाएर राख्ने । कान्छी औंला अलगै सीधा रहोस ।
लाभ – हृदयघात, मुटुको व्याकुलता, मुटुको गति तीव्र अथवा मन्द हुनु, बिस्तारै बिस्तारै मुटुको ढुकढुकी शान्त हुने आदि समस्यामा लाभ हुन्छ । पेटमा ग्याँस, बोसोको वृद्धि, मुटु तथा सम्पूर्ण शरीरमा व्याकुलता आदि रोगमा यस मुद्राको अभ्यासले लाभ हुन्छ । आवश्यकतानुसार दिनहुँ 10 देखि 30 मिनेटसम्म यस मुद्राको अभ्यास गर्न सकिन्छ । यदि कसैलाई मुटुको व्यथा हुन आटयो अथवा मुटुमा अचानक पीडा हुन थाल्यो भने त्यसै बखत यो मुद्रा गर्दा मुटुको व्यथालाई पनि रोक्न सकिन्छ ।
0 Comments