Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Written by Jayprakash

📅 September 1, 2022

Sadgatiko raajamaarg : shraaddh

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो।

Sadgatiko raajamaarg : shraaddh |

सद्गतिको राजमार्ग : श्राद्ध

श्रद्धाबाट फाइदा – Sadgatiko raajamaarg : shraaddh

बृहस्पति भन्छन् : ‘‘जसरी गौचरनमा सयौं गाईहरूबिच छुपिरहेकी आफ्नी आमालाई बाछो खोजिहाल्छ त्यसरी नै श्राद्धकर्ममा दान गरिएको पदार्थलाई मन्त्र त्यहाँ पुèयाइदिन्छ जहाँ लक्षित जीव अवस्थित रहन्छ । पितृ सयौं योनिमा जन्म लिइसकेको भए पनि उनका नाम, गोत्र र मन्त्र श्राद्धमा दिइको अन्नलाई पितृसम्म पुèयाएरै छाड्छ । श्राद्धका अन्नादिबाट उनलाई तृप्ति हुन्छ । परमेष्ठी ब्रह्माजीले यसप्रकारको श्राद्धको मर्यादा स्थापित गर्नुभएको छ ।’’
जीवात्माको अगामी जीवन विगतका संस्कारबाट बन्दछ । त्यसैले उसको आउँदो जीवन राम्रो होस् भन्ने भावनाले श्राद्ध गर्नुपर्छ । उनीहरू पनि हाम्रो वर्तमान जीवनका बाधाहरू हटाउने प्रेरणा हामी दिन्छन् र हाम्रो भलो गर्छन् ।
श्री अरविन्द घोषले कारावासको अवधिमा लेखेका थिए : ‘‘मलाई स्वामी विवेकानन्दको आत्माद्वारा प्रेरणा मिल्दछ । म 15 दिनदेखि अनुभव गरिरहेको छु, स्वामीजीको आत्मा मलाई सूक्ष्म जगत्को साधनाबारे मार्गदर्शन गरिरहेको छ ।’’
उनले परलोकगमनको साधना गरेको बखत पनि रामकृष्ण परमहंसको अन्तवाहक शरीर (उनको आत्मा) ले उनलाई सहयोग गरिरहेको कुरा उनले अनुभव गरेका थिएŸ।
जे होस्, श्रद्धाले गरिएको पिण्डदान आदि कर्तालाई मदद गर्छ । श्राद्धको एउटा विशेष फाइदा हो, मरेपछि पनि जीवको अस्तित्व रहन्छ भनी स्मृति बनिरहन्छ । अर्को फाइदा हो : यसमा आफ्नो सम्पत्तिको सामाजिकरण हुन्छ । गरिब गुरुवा, कुटुम्बी आदिलाई भोजन प्राप्त हुन्छ । अन्य भोजसमारोहमा रजोतमोगुण हुन्छ तर श्राद्ध हेतु दिइएको भोजन धार्मिक भावनालाई बढाउँछ र परलोकसम्बन्धी ज्ञान र भक्तिभाव विकसित गर्छ ।

श्राद्धबाट प्रेतात्माको उद्धार – Sadgatiko raajamaarg : shraaddh

वर्तमान समयमा पनि जो समझदार छ र उनको श्राद्धक्रिया नहुँदा ऊ पितृलोकमा होइन, प्रेतलोकमा जान्छ । प्रेतलोकमा गएका ती समझदार मानिस समय पाएर आफ्ना समझदार नातेदार अथवा धार्मिक मानिसलाई प्रेरणा दिन्छ : ‘‘हाम्रो श्राद्ध गर जसले गर्दा हाम्रो सद्गति होस् ।’’
राजस्थानमा कस्तुरचन्द गडोदिया नाउँको एक जना ठुलो पार्टी छ । उनको गणना ठुला ठुला धनाढ्यमा हुन्छ । उनको कुटुम्बमा कोही स्वर्गवास भए । गडोदिया फर्मका कन्हैयालालजी उनको श्राद्ध गर्नका लागि पवित्र तीर्थस्थल गया गए । त्यहाँ एउटा प्रेतात्माले उनलाई आफ्नो आभास देखायो । त्यो प्रेतात्माले भन्यो :
‘‘म राजस्थानमा हजुरको निवास रहेकै गाउँको हुँ, तर मेरा कुटुम्बीहरूले मेरो उत्तरक्रिया गरेनन्, त्यसैले म यताउता भौंतारिरहेको छु । हजुर कन्हैयालाल गडोदिया सेठ ! आफ्नो कुटुम्बको श्राद्ध गर्नका लागि पाल्नुभएको हो, कृपा गरेर मेरो निमित्त पनि हजुर श्राद्ध गरिदिनुहोस् । म हजुरकै गाउँको हुँ, मेरो हजामको धन्धा थियो र मोहन नापित मेरो नाउँ हो ।’’
कन्हैयालालजीलाई त थाहा थिएन, उसको गाँउमा को हजाम थियो तर उनले त्यो हजामको निमित्त पनि श्राद्ध गरिदिए ।
राजस्थान फर्केर आएपछि उसले खोजखाज गर्न लगाउँदा थाहा भयो, केही वर्ष पहिले कुनै तरुणको मृत्यु भएको थियो, त्यो मोहन नापित नै थियो ।
यस्तै नै एकपटक एउटा पारसी प्रेतात्माले हनुमानप्रसाद पोद्दारसित प्रार्थना गरे :

‘‘हाम्रो धर्ममा त श्राद्ध मान्दैन तर मेरो जीवात्मा प्रेतको रूपमा यताउता भौंतारिरहेको छ । हजुर कृपा गरेर हाम्रो उद्धारका लागि केही गर्नुस् ।’’

हनुमानप्रसाद पोद्दारले त्यो प्रेतात्माको निमित्त श्राद्ध गरेपछि उसको उद्धार भयो र उसले प्रभातकालमा प्रसन्नमुखले ‘मेरो सद्गति भएको छ’ भन्दै उनको अभिवादन गरे ।
श्राद्धकर्म गर्नेमा कृतज्ञताको संस्कार सहजमा दृढ हुन्छ जुन शरीरको मृत्युपछि पनि कल्याणको बाटो खोलिदिन्छ । श्राद्धकर्मबाट देउता र पितर तृप्त हुन्छ र श्राद्ध गर्नेको अन्तस्करण पनि तृप्तिसन्तुष्टिको अनुभव गर्छ । बुढाबुजुर्गले तपाइँको उन्नतिका लागि धेरै गरेका छन् र उहाँहरूको सद्गतिका लागि तपाइँ पनि केही गर्नुभयो भने तपाइँको हृदयमा पनि तृप्तिसन्तुष्टिको अनुभव हुने छ ।

श्राद्धसम्बन्धी शङ्कासमाधान – Sadgatiko raajamaarg : shraaddh

गरुडले सोधे : हे स्वामी ! पितृलोकबाट आएर यस पृथ्वीमा श्राद्धमा भोजन गरिरहेको पितृलाई कसैले देखेको पनि छ ?
श्रीभगवान्ले भन्नुभयो : हे गरुड ! देवी सीताको उदाहरण छ । सीताजीले पुष्कर तीर्थमा आफ्ना ससुर आदि तीन जना पितृहरूलाई श्राद्धमा निमन्त्रित ब्राह्मणको शरीरमा प्रविष्ट भएको देखेकी थिइन्, सो प्रसङ्ग म भन्दै छु । ध्यानपूर्वक सुन ।

हे गरुड ! बुबाको आज्ञा पाएर श्रीरामले वनमा गएपछि सीताजीसहित पुष्कर तीर्थको यात्रा गरे । तीर्थमा पुगेर उनले श्राद्ध गर्न प्रारम्भ गरे । जानकीजीले एउटा पाकेको फललाई सिद्ध गरेर श्रीरामजीको सामु राखिदिइन् । श्रीरामले जुन ऋषिहरूलाई निम्तो दिएका थिए, ती सबै त्यहाँ आइसकेका थिए । ऋषिहरूको आगमन भइसकेको देखेर विदेहराजकी छोरी जानकीजी श्रीरामचन्द्रको आज्ञाले भोजन पस्किनका लागि त्यहाँ आइन्, तर ब्राह्मणहरूबिच पुगेर उनी तुरुन्तै त्यहाँबाट भागेर लताहरूको ओतमा लुक्नपुगिन् । उनी एकान्तमा लुकेर बसिरहेकी कुरा थाहा पाएर श्रीरामजीले विचार गरे, ब्राह्मणलाई भोजन नगराई साध्वी सीता लाजका कारण कतै गएकी होला । पहिले म यी ब्राह्मणहरूलाई भोजन गराइहालुँ अनि उनको अन्वेषण गरुँला भनी विचार गरेर श्रीरामजीले आफैं ब्राह्मणहरूलाई भोजन गराए । भोजनपश्चात् ती श्रेष्ठ ब्राह्मणहरू गइसकेपछि उनले आफ्नी प्रियतमा सीताजीसित सोधे : ब्राह्मणहरूलाई देखेर तिमी लताहरूको ओतमा किन लुक्न आयौ ? हे तन्वङ्गी ! तिमी यसका सम्पूर्ण कारण अविलम्ब मलाई बताऊ ।

यो लेख पनि पढ्नुहोसः नरक कहिलेसम्म ?

सीताजीले भनिन् : हे नाथ ! मैले यहाँ जस्तो आश्चर्य देखेकी छु, त्यो हजुर सुनिबक्सियोस् । हे राघव ! श्राद्धमा उपस्थित ब्राह्मणको अग्रपङ्तिमा मैले हजुरको बुबाको दर्शन गरे, उहाँ सम्पूर्ण आभूषणले सुशोभित होइसिन्थ्यो । उहाँसँगै अन्य दुई जना महापुरुषलाई पनि देखेकी थिएँ । हजुरको बुबालाई देखेकाले म हजुरलाई नबताइकनै एकान्तमा लुक्न आइपुगेँ । हे प्रभो ! वल्कल र मृगचर्मको पहिरनमा म राजा (दशरथ) का सामु कसरी जान सक्थेँ ? हे रघुनन्दन ! त्यसैले मनमा आएको लाजका कारण म फर्केर लताहरूको बिच लुक्न आएकी हुँ ।

एकनाथजी कहाँ प्रकट भए पितृहरू – Sadgatiko raajamaarg : shraaddh

एकनाथजी महाराज श्राद्धकर्म गरिरहेका थिए । तर केही उद्दण्ड ब्राह्मणका कारण उनको श्राद्धमा कोही पनि ब्राह्मण आउने भएको जानेर उनले ब्राह्मणका बुबा, बाजे, बराजु आदि जो दिवङ्गत भइसकेका थिए, उनीहरूलाई उहाँले आफ्नो सङ्कल्पशक्ति, योगशक्तिको उपयोग गरेर आवाहन गरे । फलस्वरूप सबै प्रकट भए ।
‘‘के आज्ञा छ, महाराज !’’
एकनाथजीले भने : ‘‘पाल्नुहोस् ब्राह्मणदेव ! हजुरहरू यसै गाउँको ब्राह्मण हुनुहुन्छ । आज मकहाँ भोजन गर्नुहोस् ।’’
गाँउका ब्राह्मणहरूको पितृहरूको पङ्गति बस्यो भोजन गर्न । हस्तप्रक्षालन, आचमन आदिको अवसरमा गाइने श्लोकहरूको आवाजले एकनाथजीको आङ्गन गुञ्जायमान भयो । लाठो भिरेर ढोकानिरै पहारा दिइरहेका ब्राह्मण श्लोकादिको आवाज सुनेर झसङ्ग भए ! उनीहरूले सोचे : ‘हामीले त कुनै ब्राह्मणलाई भित्र छिर्न दिएका छैनौं । आवाज कस्तो ?’ ढोकाको छिद्रबाट भित्र हेरेपछि उनीहरू जिल्ल परे ! भित्र त ब्राह्मणहरूको लामो पङ्गति बसेको छ, भोजन गर्दै छन् उनीहरू ! Sadgatiko raajamaarg : shraaddh
गौर गरेर हेर्दा उनीहरूले थाहा पाए : ‘‘अहो ! यो के ? यिनी त मेरो बाजे होइसिन्छ ! उनी त मेरो काका ! उहाँ त फलानोको नाना होइसिन्छ ! उनी त फलालो बराजु होइसिन्छ ! आदि आदि…’’
तिनीहरू दगुर्दै गए गाँउका ब्राह्मणहरूलाई समाचार दिन । भने : ‘‘हाम्रा र तपाइँहरू सबैका बाबु, बाजे, बराजु, नाना, काका आदि सबै पितृलोकबाट त्यहाँ आएका छन् । एकनाथजीको आङ्गनमा श्राद्धकर्म गराएर अहिले भोजन गर्दै छन् ।’’
गाँउका ब्राह्मणहरू हस्याङफस्याङ गर्दै आए एकनाथजीकहाँ ।

तबसम्म त सबै पितृहरू भोजन पूरा गरेर विदा लिइरहेका थिए र एकनाथजी उनीहरूलाई विदा गर्दै थिए । गाँउका ब्राह्मणहरूलाई त्यो दृश्य हेर्दै भयो !

अन्तमा उनीहरूले एकनाथजीलाई हात जोडेर भने : ‘‘महाराज ! हामीले हजुरलाई चिनेनौं ! हामीलाई क्षमा गर्नुहोस् ।’’
यसप्रकार गाँउका ब्राह्मण र एकनाथजीबिच सम्झौता भयो ।

स्रोतः श्राद्धमहिमा

0 Comments

Submit a Comment

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more
Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल (Nepali)

Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल (Nepali)

यस Garbhadharaṇa ra sambhogakala लेखमा दिव्य सन्तान पाउनका लागि सम्भोग गर्ने समय र विधि बताइएको छ। Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल सहवास हेतु श्रेष्ठ समय * उत्तम सन्तान प्राप्त गर्नका लागि सप्ताहका सातै बारका रात्रिका शुभ समय यसप्रकार छन् : -...

read more

New Articles

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

आयुर्वेद अपने आप में सम्पूर्ण स्वास्थ्य पद्धति है । यहाँ हम आयुर्वेद और अष्टांग आयुर्वाद क्या है ? (Ashtang Ayurved kya hai ?) जानेगें तथा इसकी खोज किसने की यह भी ।  ।। आयुर्वेद ।। हिताहितं सुखं दुखमायुस्तस्य हिताहितम् । मानं च तश्च यत्रोक्तम् आयुर्वेद: स उच्यते ।। -...

read more
Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

यहाँ यह सब जानने को मिलेगा कि योग- प्राणायाम- ध्यान- यज्ञ (Yog- Pranayam- Dhyan- Yagy) क्या है क्यों और कैसे किया जाता है । इसकी उत्पत्ति कैसे और किसने की यह सब जानने को मिलेगा । ।। योग विज्ञान ।। I Yog- Pranayam- Dhyan- Yagy I योग का मूल उद्देश्य चित्तवृतियों का...

read more
Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

किस तरह से भारतीय संसकृति पर आघात Sanskriti par Aaghat किये जा रहे हैं यह एक केवल उदाहरण है यहाँ पर साधू-संतों का । भारतवासियो ! सावधान !! Sanskriti par Aaghat क्या आप जानते हैं कि आपकी संस्कृति की सेवा करनेवालों के क्या हाल किये गये हैं ? (1) धर्मांतरण का विरोध करने...

read more
Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

आँखो देखा हाल व विशिष्ट लोगों के बयान पढने को मिलेगें, आसारामजी बापू के हेलिकाप्टर चमत्कार Helicopter Chamatkar Asaramji Bapu की घटना का । ‘‘बड़ी भारी हेलिकॉप्टर दुर्घटना में भी बिल्कुल सुरक्षित रहने का जो चमत्कार बापूजी के साथ हुआ है, उसे सारी दुनिया ने देख लिया है ।...

read more
Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

यहाँ आप Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका कैसे इस विषय पर महानुभाओं के वक्तव्य पढने को मिलेगे। आप भी अपनी राय यहां कमेंट बाक्स में लिख सकते हैं । ♦  श्री अशोक सिंघलजी, अंतर्राष्ट्रीय अध्यक्ष, विश्व हिन्दू परिषद : बापूजी आज हमारी हिन्दू...

read more