यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ।
Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु !
सन्तहरूको सन्देश
हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ । तिमी जीव होइनौ, शिव हौ, अमर हौ, अनन्तअनादि सच्चिदानन्द परमात्मा हौ । यदि जन्ममरणका खेलबाट थाकेका छौ, यसको भित्रि रहस्य जानेका छौ, यसको असारतासित परिचित छौ भने कुनै सन्तमहात्माको आश्रय लिएर फकिरी मृत्युको पोल जानिहाल । त्यसपछि तिमीलाई दुःख, मृत्यु भयभीत पार्न सक्दैन । सुख आए, आओस्, दुःख आए, आओस् । जसलाई जानु छ जाओस् । तिमी द्रष्टा, आफ्नो महिमामा मस्त रह ।’’
मृत्युभन्दा पनि मृत्युको डर नराम्रो हुन्छ । डरले नै सम्पूर्ण पापहरू उत्पन्न हुन्छ । डर नै मृत्यु हो ।
एक जना सन्त कहाँ कुनै सज्जन व्यक्तिको चिठी आयो । त्यसमा लेखिएको थियो, ‘‘स्वामीजी ! हजुरका आशिर्वादले हामी कहाँ छोरो जन्मियो ।’’ सन्तजीले उत्तरमा लेखिदिनुभयो, ‘‘तिमी झुटो कुरा गर्दैछौ ।’’ फेरि त्यो मान्छे सन्त कहाँ आएको बेलामा उसले भने, ‘‘स्वामीजी ! म साँचो भन्दैछु । मेरो यहाँ छोरो जन्मिएको छ ।’’ उत्तरमा सन्तले पुनः भन्नुभयो, ‘‘तिमी झुटो बोल्दै छौ ।’’ यो सुनेर उसलाई धेरै आश्चर्य लाग्यो । उसले ठुला ठुला आँखा पारेर सन्तलाई हेर्न लागे । त्यसपछि सन्तजीले भन्नुभयो,
‘‘छोराको जन्म भएको छैन, बुबाको जन्म भएको छ, आमाको जन्म भएको छ, कान्छाबाको जन्म भएको छ, मामाको जन्म भएको छ । छोरालाई त थाहा छैन, मेरो जन्म भएको हो र म कसैको छोरा पनि हुँ तर हामीले नै उसमाथि सम्पूर्ण सम्बन्ध आरोपित गरिदिन्छौं ।’’
वस्तुतः पञ्चमहाभूतबाट एउटा आकारको सृजना हुन्छ । यसैलाई छोराको नाम दिइन्छ । समय आएपछि यो आकार नष्ट भएर जान्छ । यस्तो नश्वर आकार निर्माण हुँदा हर्ष कस्तो र आकार नष्ट हुँदा शोक कस्तो ? डर कस्तो ?
मृत्यु दुःखरूप – Mangalamaya mrtyu
महाराजजी कहाँ आएर एउटी महिलाले सोधिन्, ‘‘मेरो पति स्वर्गवास हुनुभयो । उहाँको वियोग म सहन सकिरहेकी छैन । यस्तो कुनै उपाय बताइदिनुहोस् जसले गर्दा उहाँको पनि सद्गति होस् र मलाई शान्ति मिलोस् ।’’
अर्को एक जना मान्छे आए र भने, ‘‘मेरी स्वास्नी मलाई एक्लै छाडेर स्वर्गवास भइन् ।’’
तेस्रोले भने, ‘‘मेरो छोराको स्वर्गवास भयो । उसको सम्झना आउँछ । त्यसैले मलाई आत्महत्या गर्न मन हुन्छ । बाबाजी ! शान्तिको कुनै उपाय बताइदिनुहोस् ।’’
महाराजजीले भन्नुभयो, ‘‘हे भद्र महिला ! लोग्नेको याद आउँछ भने उनलाई अत्यन्त आदरपूर्वक भन : ‘मरणशील शरीरमा रहेर पनि हजुर अमर हुनुहुन्थ्यो । शरीर मरे पनि हजुर मर्नु भएको छैन । शरीर नश्वर छ । हजुर शाश्वत हुनुहुन्छ । हजुर चैतन्य हुनुहुन्छ । हजुर परमेश्वरको अविनाशी अंश हुनुहुन्छ । जन्ममृत्यु हजुरको धर्म होइन । पापपुण्य हजुरको कर्म होइन । हजुर अज हुनुहुन्छ, शुद्धबुद्ध हुनुहुन्छ । हामी परस्परमा पार्थिव शरीरप्रति प्रीति गरेर मोहवश सडिरहेका थियौं । विकारमा पचिरहेका थियौं । अब पार्थिव शरीरको प्रीतिबाट मुक्त भएर अपार्थिव आत्मामा स्थित हुनुहोस् ।’
हे भद्र महिला ! आफ्नो श्रीमान्लाई याद गरेर उनको जीवात्मालाई यस्तै प्रेरणा देऊ । यसैबाट उनको सद्गति हुन्छ र तिम्रो पनि उन्नति हुन्छ ।’’
मृत्यु मङ्गलमय बनाउने तरिका
यस प्रकार चिन्तन गर : ‘हे चैतन्यस्वरूप मेरो आत्मन् ! शरीरलाई, पञ्चमहाभूतको पुतलालाई त्यागिसकेपछि पनि तपाइँको अस्तित्व छ । तपाइँ आत्मा हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, अमर हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, शाश्वत हुनुहुन्छ ।’
मृत्युलाई प्राप्त भइसकेकालाई श्राद्धका दिनमा अथवा सम्झना आएको बेलामा यस प्रकार सुझाव दिनुपर्छ :
‘जन्ममृत्यु तिम्रो धर्म होइन । पुण्यपाप तिम्रो कर्म होइन । तिमी अज, अविनाशी, निर्लेप, शाश्वत, सनातन नारायणका अंश हौ । त्यसैले आफ्नो परमेश्वर स्वभावलाई सँभाल, स्मरण गर ।’
आफ्नो श्रीमान्, श्रीमती, छोराको नाम लिएर भन्ने, ‘तिमी उही हौ, साँच्चै त्यही हौ जो मरेपछि पनि मर्दैनन् । ॐ, ॐ, ॐ ! तिमी चैतन्य आत्मा हौ । ॐ, ॐ, ॐ ! शाश्वत परमेश्वर हौ । ॐ, ॐ, ॐ ! अविनाशी परमात्मा हौ । ॐ, ॐ, ॐ !’
यो लेख पनि पढ्नुहोस्ः नरक कहिलेसम्म ?
अबदल आत्मा
जसरी टेलिफोनमा कुनै टाढाका आफन्तसँग कुरा गर्दा टेलिफोनमा सुनिने ध्वनि आफन्तकै हुन्छ । यसरी नै शरीररूपी यन्त्रबाट पाइने स्नेह, सान्त्वना, सहानुभूति, प्रेम अथवा प्रकाश त्यसभित्र रहेका परमेश्वरकै हुन्छ । उनलाई अथवा उनको तस्बिरलाई हेèयौ भने तस्बिरको पछाडि उभिरहेका तिनै शाश्वत सत्यलाई, परम मित्रलाई प्रेम गर । उनलाई पनि स्मरण गराऊ : ‘हे शाश्वत आत्मा ! हे पुरातन ! हे अविनाशी ! नश्वर संसार र शरीर बदलिन्छन् तर तिमी अबदल आत्मा हौ । ॐ, ॐ, ॐ !
बालक अवस्था बदलियो, युवा अवस्था बदलियो, वृद्ध अवस्था बदलियो, शरीरका अवयवहरू पनि बदलिए, तैपनि तिमी जस्ताको तस्तै । तिमी बदलेनौ । तिमी त्यस्तो अमर आत्मा हौ जसमाथि कालको पनि कुनै प्रभाव पर्दैन । हे अकाल आत्मा ! आफ्नो महिनामा जाग ।’
रुँदैकराउँदै, मोहमायामा परेर मृतकलाई स्मरण गरेमा उनको र आफ्नो पनि सत्यनाश हुन्छ । मृतकको सद्गतिमा बाधा पुग्छ । उसको आत्मा पनि भौंतारिरहन्छ छ र आफू पनि तुच्छ बनिन्छ । अमाङ्गलिक विचारहरूलाई कति पनि स्फुरित हुन नदेऊ । सधैं मङ्गलमय विचार गर । जीवन पनि मङ्गलमय हुने छ । मृत्यु पनि मङ्लमय हुने छ । ॐ ! ॐ !! ॐ !!!
0 Comments