नरक कहिले सम्म ? अर्थात् यमराजको विभाग कहिलेसम्म चालु रहन्छ ? यसको यथार्थ उत्तर यस लेखको अध्ययन मननबाट थाहा पाउन सकिन्छ। यस लेखमा आत्मसाक्षात्कारी महापुरुषको महिमा र उनका निन्दक तथा निन्दा सुन्नेहरूको कस्तो दुर्गति, दुर्दशा हुने बताइएको छ।
Narak kahilesamma- यमराजको विभाग
पृथ्वीमा कोही आत्मसाक्षात्कारी ब्रह्मवेत्ता महापुरुष आएका थिए । उनका दर्शन पाएर मानिस खुसहाल हुन्थे । उनका अमृतवाणी सुनेर मानिसहरूको कान पवित्र हुन्थे । उनका उपदेश मनन गरेर मन पवित्र हुन्थ्यो । उनैका ज्ञानमा डुबुल्की लगाउनाले बुद्धि बलवान् हुन्थ्यो, जीवन तेजस्वी हुन्थ्यो । मानिस पुण्यात्मा हुन्थे, संयतेन्द्रिय हुन्थे । सूक्ष्म शक्तिहरूको विकास गर्दथे । उनीहरू सबै संसारचक्रबाट मुक्त हुन्थे र उनीहरूका पूर्वज ऊर्ध्वगति प्राप्त गर्थे । नरकमा रहेका मानिसहरू पनि यस्ता सुपात्र सन्तानका पुण्यबलले नरक यातनाबाट छुटेर स्वर्ग जान्थे । नरक खाली हुन लाग्यो नयाँ मानिसहरू नरकमा आउन छाडे । पुरानाहरू छुटेर गए । नरकको कामकाज बन्द भयो ।
यमराज चिन्तित भए, मेरो विभागमा केही काम रहेन ! सब बेकार भयो !
आफ्नो विभाग निरन्तर चलिरहेमा मान्छे सुखी रहन्छ । विभाग बन्द हुन लागेमा चिन्ताले घेर्छ ।
Narak kahilesamma- यमराज ब्रह्माजीकहाँ
यमराज पुगे ब्रह्माजीकहाँ । हात जोडेर प्रार्थना गर्न थाले, ‘‘हे ब्रह्मन् ! मेरा नरकमा कोही पापी अब आउँदैनन् र पुराना पापी जो यहाँ बन्द थिए उनका छोरा कुटुम्बी मृत्युलोकमा ब्रह्मज्ञानीका सत्सङ्ग सुनेर पुण्यात्मा हुन्छ । उनका ती पुर्खा पनि उनैका पुण्य प्रतापले नरक छोडेर स्वर्गमा जान्छन् । मेरो विभाग खतरामा छ । कृपा गरेर हजुर केही उपाय बताउनु हवस् । कम्तीमा मेरो विभाग पनि चलिरहोस् ।’’
ब्रह्माजीले पद्मासनमा बस्नुभयो । कमण्डलुबाट पानी लिएर जहाँबाट योगेश्वरको योग सिद्ध हुन्छ, जसमा शिवजी रमण गर्नुहुन्छ, जसमा भगवान् नारायण विश्राम गर्नुहुन्छ, जसमा ज्ञानेश्वर महाराज प्रतिष्ठित हुनुहुन्छ, जसमा अन्य ब्रह्मवेत्ता, ज्ञानी सत्पुरुष विराजमान छन् उनै आत्मा परमात्मा स्थित भएर सङ्कल्प गर्नुभयो, ‘‘जहिले जहिले मृत्युलोकमा कोही ब्रह्मज्ञानी अवतरित हुने छन् तहिले तहिले निन्दकहरू पनि जन्मिने छन् । ती निन्दकहरू संसारसागरमा डुब्ने छन् नै र उनका निन्दा सुन्नेहरू पनि डुब्ने छन् । ती सम्पूर्ण मानिसहरू तपाइँकहाँ नरकमा आउने छन् । यस प्रकार तपाइँको विभाग चलिरहने छ ।’’
त्यस बेलादेखि यमराजको विभाग बन्द भएको छैन बरु बढ्दै छ । वशिष्ठ महाराज भन्नुहुन्छ, ‘‘हे रामजी ! म बजार भएर जाँदा मूर्खहरू मेरा लागि के के बकवाद गर्छन् यो सबै म जान्दछु ।’’
निन्दकहरू कसैलाई छोडेनन्
कबिरजीका लागि मानिसहरू जथाभाबी बोल्थे । ऋषि दयानन्दलाई मानिसहरूले 22 पटक विष दिए । विवेकानन्दका लागि पनि मानिसहरू नचाँहिने कुरा गर्थे, रामकृष्णका लागि पनि मानिसहरू बकबक गर्थे, रामतीर्थका लागि पनि त्यस्तै कुरा गर्थे । मुहमदका पनि विरोधी थिए ।
ब्रह्मपरमात्मा राम भएर आए पनि अथवा श्रीकृष्ण भएर आए पनि चाहे सद्गुरु भएर अथवा शङ्कराचार्य भएर आउन् अझ निन्दकहरू त छँदै छन् । किनकि यमराजको विभाग चालु राख्नु छ । उनको विभागमा जो आफू र आफ्ना परिवारलाई पठाउन चाहन्छ उसले अवश्य पनि सन्तको निन्दा गरोस्, भगवान््, भक्त र साधकको विरोधमा रहोस् ।
श्रीकृष्णको समयमा, श्रीरामको समयमा त्यो विभाग चालु थियो भने के अहिले बन्द भए होला ? अहिले त कलियुग छ । त्यो विभाग धेरै ठुलो भए होला । धेरै मानिस रहन सकुन् यस्तो व्यवस्था भए होला ।
जब वशिष्ठजीलाई मानिसहरूले छोडेनन्, कबिर र नानकलाई छोडेनन्, श्रीराम र कृष्णलाई छोडेनन् भने मानिसहरूले तपाइँको निन्दा गर्दा तपाइँ नडराउनुस्, नखुम्चिनुस् । कोही निन्दा गर्छ भने पनि भगवान्को बाटो नछोड्नुस्, कोही स्तुति गर्छ भने पनि नहस्कनुस्, निन्दामा ओइलाउनु पर्दैन । संसार इन्द्रियको धोका हो । निन्दास्तुति आउने जाने चिज हुन् । तपाइँ लागी रहनुस् आफ्नो लक्ष्यलाई सिद्ध गर्नमा ।
स्रोतःhttps://t.ly/x-z6
0 Comments