दुर्व्यसन गर्ने युवक आफ्नो वीर्यधारण गर्ने शक्ति गुमाउँछ र ऊ छिटो छिटो नपुंसकतातिर अग्रसर हुन्छ Hastmaithun Tatha Svapnadosh को परिणाम ।
Hastmaithun Tatha Svapnadosh | Masturbation and nightmares)- Nepali
हस्तमैथुनको दुष्परिणाम
दुर्व्यसन गर्ने युवक आफ्नो वीर्यधारण गर्ने शक्ति गुमाउँछ र ऊ छिटो छिटो नपुंसकतातिर अग्रसर हुन्छ । उसको आँखा र अनुहार निस्तेज तथा कमजोर हुन्छ । थोरै परिश्रम गर्दा पनि ऊ स्याँस्याँ गर्न लाग्छ । उसको आँखाका अगाडि अँध्यारो हुन थाल्छ । ज्यादै दुर्बलताको कारण उसलाई मुर्च्छा पनि आउन सक्छ । उसको सङ्कल्पशक्ति क्षीण हुन्छ ।
सत्र देखि 24 वर्षको उमेरसम्म संयम गर्ने युवकको मानसिक र बौद्धिक बल बढ्छ । जीवनभरि उसमा उत्साह र स्फूर्ति यथावत बनिरहन्छ । तर, 20 वर्षको आयुभन्दा पहिल्यै आफ्नो वीर्यनाश गर्ने युवकको स्फूर्ति र उत्साह दब्छ । यस्ता युवकको बुद्धि जीवनभरिका लागि मन्द हुन्छ । त्यसैले यसबाट बच्नका लागि युवा वर्गले वीर्यरक्षाका केही खँदिला प्रयोग सिकी हालुँन् । सानातिना प्रयोग, उपवास, खानामा सुधार आदि त राम्रै हुन्, तर यी अस्थायी लाभ मात्र दिन्छन् । सो कुरा कैयन् प्रयोगहरूबाट सिद्ध भइसकेको छ ।
हस्तमैथुन र स्वप्नदोषबाट कसरी बच्ने ?
Hastmaithun Tatha Svapnadosh को समस्याबाट पीडित व्यक्तिले रोगबाट छुट्कारा पाउनका लागि सबभन्दा पहिले उसले के गर्नुपर्छ भन्ने ‘मलाई रोग लागेको छ, अब मेरो के होला, के म पुनः स्वस्थ हुन सक्छु ?’ यस्ता रोगसम्बन्धी चिन्ता उसले छोडिदिनुपर्छ । निराशावादी विचारहरूलाई उसले जरैदेखि उखालेर फ्याँकी दिनुपर्छ ।
वीर्यरक्षाका महत्त्वपूर्ण प्रयोग
‘काम संस्थान’ सक्रिय हुँदा वीर्य बाहिर धकेलिन्छ । तर, निम्नलिखित प्रयोगद्वारा त्यसलाई सक्रिय हुनबाट रोक्न सकिन्छ ।
कुनै केटीमाथि दृष्टि पर्दा अथवा मनमा कामुक विचार उत्पन्न हुँदा तिम्रो ध्यान आफ्नो जननेन्द्रियतिर खिचिन थाल्ना साथ तिमी सतर्क भइहाल । तुरुन्त आफ्नो जननेन्द्रियलाई भित्र पेटतिर पम्पको पिस्टन ताने झैं तान र मनलाई जननेन्द्रियमा केन्द्रित पार । यो क्रियालाई यौगिक भाषामा योनिमुद्रा भनिन्छ ।
त्यसपछि आँखा बन्द गरेर यस प्रकारको भावना गर : म आफ्नो जननेन्द्रियमा स्थित भएर माथि टाउकोमा स्थित सहस्रार चक्रतिर हेर्दैछु । जता हाम्रो मन जान्छ, उता नै शक्ति बहन थाल्छ । सहस्रारतिर वृत्ति लगाउँदा जुन शक्ति मूलाधारमा सक्रिय भएर वीर्यस्खलित गर्छ, त्यही शक्ति ऊर्ध्वगामी भई वीर्यपतन हुनबाट बचाउँछ । तर, ध्यान रहोस् : यदि तिम्रो मनले कामविकारको मजा लिनमा अड्कियो भने सफलता प्राप्त हुँदैन । केही सङ्कल्प र विवेकको सहायता लिएमा केही दिनको यस प्रयोगबाट महत्त्वपूर्ण लाभ प्राप्त गर्न सकिन्छ । तिमीलाई स्पष्ट अनुभव गर्न सक्छौ, आँधी झैं आएको कामको वेग यस प्रयोगबाट केही क्षणमै शान्त भएर गयो भनी ।
दोस्रो प्रयोग
जहिले पनि कामको वेग उठ्दा, मूलबन्ध (मलद्वारलाई भित्रतिर खुम्चियाउने) र उड्डीयान बन्ध (पेटलाई भित्र तान्ने) लगाएर फोक्सोमा रहेको हावालाई बलपूर्वक बाहिर निकाल्ने । हावा जति बढी निकाल्न सकिन्छ, निकाल । यस प्रकार दुईतीन पटक गर्दा कामविकार शान्त हुन्छ र वीर्यपतन हुनबाट जोगिन्छ ।
यो प्रयोग हेर्दा त सामान्य जस्तो लाग्छ, तर यो धेरै महत्त्वपूर्ण यौगिक प्रयोग हो । भित्रको सासले कामशक्तिलाई तलतिर धकेल्छ । त्यसैले सासलाई बलपूर्वक धेरैभन्दा धेरै मात्रामा बाहिर निकाल्दा मूलाधारचक्रको तलस्थित कामकेन्द्र सक्रिय हुन पाउँदैन । साथै पेट र नाइटोलाई भित्रतिर खुम्चियाउँदा त्यहाँ खाली ठाउँ हुन आउँछ । त्यो खाली ठाउँ भर्नका लागि कामकेन्द्रको वरिपरिका सम्पूर्ण शक्ति, जुन वीर्यपतनमा सहयोगी हुन्छ, खिँचिएर नाभितिर आउँछ र वीर्यपतनबाट जोगिन्छ ।
यस प्रयोगका लागि न त कुनै खर्च न कुनै विशेष स्थान खोज्नु आवश्यक छ । जहाँ पनि बसेर गर्न सकिन्छ । कामविकार उत्पन्न नभए पनि यो प्रयोग गरी धेरै लाभ उठाउन सकिन्छ । यसबाट जठराग्नि प्रदीप्त हुन्छ, पेटसम्बन्धी रोगहरू निको हुन्छ, जीवन प्रभावशाली बन्दछ र वीर्यरक्षण सहज हुन्छ ।
मन्त्र प्रयोग
‘ॐ अर्यमायै नम: ।’ भगवान् अर्यमाको यो मन्त्र श्रद्धाले जप्ने व्यक्ति जस्तोसुकै विकारी वातावरण अथवा विकारी मानिसहरूको बिचबाट पनि चोखै निक्लन सक्छ । श्रद्धासहित जप गर्दा प्रशस्त लाभ हुन्छ । यो धेरै जनाले अनुभव गरेको कुरा हो । महिलापुरुष जसलाई पनि कामविकारले गिराउँछ उसले यस महामन्त्रको आदरपूर्वक जप गर्नुपर्छ । रातमा सुत्नुभन्दा पहिले 21 पटक यो मन्त्रको जप गरी अथवा सिरानीमाथि औंलाले आफ्नी आमाको नाम अथवा ‘हे आमा’ लेख्दा अथवा सद्भावपूर्वक चिन्तन गर्दा पतनबाट बच्न सकिन्छ । ‘आमा’ शब्दमा जन्मदात्री, सीता, लक्ष्मी, पार्वती, भगवती, अम्बा सबैको समावेश हुन आउँछ ।
वीर्यरक्षक चूर्ण
निकै कम खर्चमा यो चूर्ण बनाउन सकिन्छ । केही सुकेका अमलाबाट बिउ निकाल्ने । बाँकीलाई पिँधेर चूर्ण बनाउने । अचेल बजारमा अमलाको तयारी चूर्ण पनि पाइन्छ । अमलाचूर्णमा दोबर मात्रामा मिश्रीको चूर्ण मिसाएर राख्ने । यो चूर्ण स्वप्नदोषका समस्या नभएका व्यक्तिका लागि पनि लाभदायक छ ।
नित्य रातमा सुत्नुभन्दा आधा घण्टा पहिले पानीसित एक चम्चा चूर्ण सेवन गर्नुपर्छ । यसबाट वीर्य गाढा हुन्छ, कब्जियत हुँदैन, वात, पित्त र कफसम्बन्धी दोष निको हुन्छ र संयम (ब्रह्मचर्य) बलियो हुन्छ ।
अन्य प्रयोग
* 6 ग्राम खेरी (खयरको) गुँदलाई राती पानीमा भिजाई राख्ने र बिहान खालीमा पेट खाने । यसले गर्दा दिउसो भोक कम लाग्यो भने खाना खानुभन्दा पहिले अदुवा र कागतीरसको मिश्रण सेवन गर्ने ।
* बिहान खाली पेटमा 1-2 ओटा काँचो भिन्डी खाँदा स्वप्नदोष तथा वीर्यक्षयको समस्याबाट बच्न सकिन्छ ।
सन्दर्भ – दिव्य प्रेरणा प्रकाश
https://play.google.com/store/books/details/Sant_Shri_AsharamJi_Ashram_Divya_Prerna_Prakash_Ne?id=ccc4EAAAQBAJ
Related Artical-
0 Comments