Ekadashi Vrat Vidhi | एकादशी व्रत विधि (Nepali)

Written by Jayprakash

📅 June 4, 2022

Ekadashi Vrat Vidhi

Ekadashi Vrat Vidhi लेखमा वर्तालुले के के गर्नुपर्छ र के के गर्नु हुँदैन। व्रत कसरी खोल्ने आदिवारे जानकारी प्राप्त गर्न सकिन्छ।

Ekadashi Vrat Vidhi | एकादशी व्रत विधि

दशमीको रातमा पूर्ण ब्रह्मचर्यको पालन गर्नुपर्छ र भोगविलासबाट टाढै रहनुपर्छ । एकादशीको दिन बिहान दात शुद्धिका लागि काठ अथवा ‘पेस्ट’को उपयोग गर्नु हुँदैन; कागती, जामुन अथवा आँपको पात चपाएर दात शुद्ध गर्न सकिन्छ र औंलाले कण्ठको शुद्धि गर्नुपर्छ । रुखबाट पात टिप्नु हुँदैन, आफै खसेका पातको उपयोग गर्नुपर्छ । यदि यो सम्भव हुँदैन भने पानीले बार पटक कुल्ला गर्नुपर्छ । नुहाइध्वाइ गरेर मन्दिर गई श्रीमद्भगवद्गीताको पाठ गर्नुपर्छ अथवा पुरोहितादिबाट श्रवण गर्नुपर्छ । भगवानको समीप यसप्रकार प्रतिज्ञा गर्नुपर्छ : ‘आज म चोर, धूर्त र दुराचारी मानिससँग कुरा गर्ने छैन र न कोहीसँग कसैलाई बिझ्ने कुरा गर्छु । गाई, ब्राह्मणादिलाई फलाहार र अन्नादि दिएर प्रसन्न गर्ने छु । रातमा जागरण गरी कीर्तन गर्ने छु । ‘ॐ नमो भगवते वासुदेवाय’ यस द्वादश अक्षर मन्त्र अथवा गुरुमन्त्रको जप गर्ने छु । राम, कृष्ण, नारायण आदि विष्णुसहस्रनामलाई कण्ठको भूषण बनाउने छु ।’ त्यसपछि श्रीविष्णु भगवानको स्मरण गरी यसप्रकार प्रार्थना गर्नुपर्छ : ‘हे त्रिलोकपति ! मेरो लाज हजुरको हातमा छ, त्यसैले हजुरले मलाई यो प्रतिज्ञालाई पूरा गर्ने शक्ति प्रदान गर्नुहोस् ।’ मौन, जप, शास्त्रपठन, कीर्तन, आदि गरी राती जाग्राम बस्दा एकादशी व्रतको विशेष लाभ पाइन्छ ।

एकादशीका दिन अशुद्ध द्रव्यबाट बनाइएको पेय पिउनु हुँदैन । चिसो पेय, अम्लादि मिसाइएको बट्टाबन्द रस पिउनु हुँदैन । दुई पटक खान खानु हुँदैन । आइसक्रिम अथवा तारेको चिजवस्तु खानु हुँदैन ।

फल अथवा घरमै निकालिएको फलको रस अथवा अलिकति दुध अथवा पानी खाएर रहनु विशेष लाभदायक छ । व्रतका (दशमी, एकादशी र द्वादशी) – यी तीनै दिन काँसको भाँडो, मासु, प्याज, लसुन, मुसुरो, मास, चना, कोदो (एक प्रकारको धान), साग, मह, तेल र अति अम्बुपान (धेरै पानीको पिउनु)- यी वस्तुहरूको उपयोग गर्नु हुँदैन । व्रतको पूर्व दिन (दशमी) र भोलिपल्टको दिन (द्वादशी) हविष्यान्न (जौ, गहुँ, मुँगी, सिँधेनुन, मरिच, शर्करा र गाईको घिउ आदि) एक पटक मात्र खानुपर्छ ।

फलाहारीले गोभी, गाजर, सलगम, पालुङ्गो, कुलफाको सागादि खानु हुँदैन । आँप, अङ्गुर, केरा, बदम, पेस्ता आदि जस्ता अमृतफलको सेवन गर्नुपर्छ ।

यो लेख पनि पढ्नुहोस् – नरक कहिलेसम्म

जुवा, निद्रा, पान, अर्काको निन्दा, छुल्याइँ, चोरी, हिंसा, मैथुन, रिस, झुट, कपटादि अन्य कुकर्मबाट सबै प्रकारले अलग रहनुपर्छ । गोरुमाथि बसेर सवारी गर्नु हुँदैन । भुलवश कुनै निन्दकसित कुराकानी हुन गएमा त्यस दोषबाट छुटकारा पाउनका लागि भगवान् सूर्यको दर्शन र धूप, दियोले श्रीहरिको पूजा गरी क्षमा माग्नुपर्छ । एकादशीका दिन घरमा कुचो लगाउनु हुँदैन, यसबाट कमिला आदि सूक्ष्म जीव मर्न सक्छ । यो दिन कपाल पनि कटाउनु हुँदैन । मिठो बोल्नुपर्छ, बकबक गर्नु हुँदैन, बकबक गरेमा बोल्न नहुने कुरा पनि बोलिन सक्छ । सत्य बोल्नुपर्छ । यो दिन यथाशक्ति अन्नदान गर्नुपर्छ तर आफू चाहिँ कसैले दिएको अन्न कहिल्यै लिनु हुँदैन । प्रत्येक वस्तु प्रभुलाई भोग लगाएर अथवा त्यसमाथि तुलसीदल छोडेर ग्रहण गर्नुपर्छ ।

एकादशीका दिन कुनै आफन्तको मुत्यु भएमा त्यो दिन व्रतपालन गरेर त्यसको फल सङ्कल्प गरी मृतकलाई दिनुपर्छ र गङ्गामा अस्थि प्रवाहित गर्दा पनि एकादशीको व्रत गरी त्यसको फल उसको निमित्त अर्पण गर्नुपर्छ । प्राणी मात्रलाई अन्तर्यामीको अवतार सम्झेर कसैसँग छलकपट गर्नु हुँदैन । सन्तोषको फल सधैं मिठो हुन्छ । मनमा दया राख्नुपर्छ । उपर्युक्त विधिले व्रत गर्ने मानिसले उत्तम फल प्राप्त गर्छ । द्वादशीका दिन ब्राह्मणलाई मिष्टान्न, दक्षिणादि दिएर प्रसन्न गरी उहाँहरूको परिक्रमा गर्नुपर्छ ।

व्रत साङ्गे विधि : द्वादशीका दिन सेवापूजाको ठाँउमा बसेर भुटेको चनाको सात गेडालाई चौदह टुक्रा गरी आफ्नो टाउकाको पछाडिबाट एक एक गरी फ्याँक्नुपर्छ । ‘मेरो सात जन्मको शारीरिक, वाचिक र मानसिक पाप नष्ट भयो’ – यस्तो भावना गरी सात अँजुली पानी पिउनुपर्छ र बचेको चनाको सात गेडा खाएर व्रतको समाप्ति गर्नुपर्छ ।

स्रोत –  एकादशी व्रत कथाहरू

0 Comments

Submit a Comment

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

आयुर्वेद अपने आप में सम्पूर्ण स्वास्थ्य पद्धति है । यहाँ हम आयुर्वेद और अष्टांग आयुर्वाद क्या है ? (Ashtang Ayurved kya hai ?) जानेगें तथा इसकी खोज किसने की यह भी ।  ।। आयुर्वेद ।। हिताहितं सुखं दुखमायुस्तस्य हिताहितम् । मानं च तश्च यत्रोक्तम् आयुर्वेद: स उच्यते ।। -...

read more
Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

यहाँ यह सब जानने को मिलेगा कि योग- प्राणायाम- ध्यान- यज्ञ (Yog- Pranayam- Dhyan- Yagy) क्या है क्यों और कैसे किया जाता है । इसकी उत्पत्ति कैसे और किसने की यह सब जानने को मिलेगा । ।। योग विज्ञान ।। I Yog- Pranayam- Dhyan- Yagy I योग का मूल उद्देश्य चित्तवृतियों का...

read more
Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

किस तरह से भारतीय संसकृति पर आघात Sanskriti par Aaghat किये जा रहे हैं यह एक केवल उदाहरण है यहाँ पर साधू-संतों का । भारतवासियो ! सावधान !! Sanskriti par Aaghat क्या आप जानते हैं कि आपकी संस्कृति की सेवा करनेवालों के क्या हाल किये गये हैं ? (1) धर्मांतरण का विरोध करने...

read more
Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

आँखो देखा हाल व विशिष्ट लोगों के बयान पढने को मिलेगें, आसारामजी बापू के हेलिकाप्टर चमत्कार Helicopter Chamatkar Asaramji Bapu की घटना का । ‘‘बड़ी भारी हेलिकॉप्टर दुर्घटना में भी बिल्कुल सुरक्षित रहने का जो चमत्कार बापूजी के साथ हुआ है, उसे सारी दुनिया ने देख लिया है ।...

read more
Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

यहाँ आप Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका कैसे इस विषय पर महानुभाओं के वक्तव्य पढने को मिलेगे। आप भी अपनी राय यहां कमेंट बाक्स में लिख सकते हैं । ♦  श्री अशोक सिंघलजी, अंतर्राष्ट्रीय अध्यक्ष, विश्व हिन्दू परिषद : बापूजी आज हमारी हिन्दू...

read more