Atma Prakashit । आत्मा प्रकाशित (Nepali)

Written by Jayprakash

📅 May 3, 2022

atma-prakashit

Atma Prakashit लेखमा दत्त र सिद्धको सम्बाद पढ्न पाइन्छ। यो लेख अनुभव प्रकाश पुस्तकबाट लिइएको हो। जति प्रपञ्च छन् ती सबै तिम्रै चैतन्यका दृश्य हुन् । तिमी तिनका द्रष्टा हौ । प्रपञ्चका प्रकाशक चिद्घनदेव हौ ।

Atma Prakashit । आत्मा प्रकाशित

दत्त-सिद्धको संवाद

एक जना राजाले कपिल मुनिको दर्शन र सत्सङ्ग गर्ने गर्थे । उनको आश्रममा राजाबाहेक विचरण गर्दै दत्त, स्कन्द, लोमश र केही सिद्धहरू पनि आइपुगे । त्यहाँ उनीहरूको बिच ज्ञानगोष्ठी सुरु भयो । एक जना कुमार सिद्धले भने, ‘‘जब म योग गर्छु तब म आफ्नो स्वरूपलाई देख्छु ।’’

दत्त : ‘‘तिमीले स्वरूपलाई देख्ने भएकाले स्वरूप तिमीभन्दा भिन्न भयो । योगमा तिमी जे देख्छौ त्यो सबै दृश्य नै हुन्छ । त्यसैले तिम्रो योग दृश्य र तिमी द्रष्टा भयौ । अध्यात्ममा तिमी अझै पनि बालक नै हौ । सत्सङ्ग गर जसले गर्दा तिम्रो बुद्धि निर्मल होस् ।’’

कुमार : ‘‘हो, हजुरले ठिक भन्नुभयो । म बालक हुँ किनभने मन, वाणी र शरीरमा सब प्रकारले लीला गर्दै पनि म असङ्ग, चैतन्य, हर्षशोकरहित हुँ । म बालक हुँ तर योगबलले मैले चिताएँ भने यो शरीर त्यागेर अन्य शरीरमा पनि प्रवेश गर्न सक्छु । कसैलाई सराप अथवा वरदान पनि दिन सक्छु । आयु कम अथवा ज्यादा पनि गर्न सक्छु । यसप्रकार योगले म सम्पूर्ण सामर्थ्य प्राप्त गर्न सक्छु । ज्ञानले के प्राप्ति हुन्छ ?’’

atma-prakashit

atma-prakashit

दत्त : ‘‘ए मूर्ख ! सभामा यस्तो कुरा गर्दा तिमीलाई लाज किन लाग्दैन ? योगी एक शरीरलाई त्यागेर अर्का शरीर ग्रहण गर्छन् र अनेक प्रकारका कष्ट पाउँछन् । ज्ञानी त यसै शरीरमा स्थित रहँदै सुखपूर्वक ब्रह्मादेखि लिएर कमिलापर्यन्त सम्पूर्ण जडाजड सबैलाई आफू नै पाएर पूर्णतामा प्रतिष्ठित रहन्छन् । उनी एउटै समयमा सबैका भोक्ता हुन्छन् । सम्पूर्ण जगत्मा आज्ञा चलाउने चैतन्यस्वरूप हुन्छन् । सर्वरूप पनि आफू नै हुन्छन् र सबैभन्दा अतीत पनि आफै हुन्छन् । उनी सर्वशक्तिमान् हुन्छन् र सर्वअशक्तिरूप पनि आफै हुन्छन् । सम्पूर्ण व्यवहार गर्दै रहँदा पनि आफैलाईर् अकर्ता जान्दछन् ।

सम्यक् अपरोक्ष आत्मबोधप्राप्त ज्ञानी जुन अवस्था प्राप्त गर्छन् त्यस्तो अवस्थालाई वरदान, सराप आदि सामर्थ्यसम्पन्न योगी जाग्रतमा त के सपनामा पनि जान्न सक्दैनन् ।’’

कुमार : ‘‘योगबलले म अकासमा उड्न सक्छु ।’’

दत्त : ‘‘चराहरू पनि अकासमा उडिरहन्छन् । यसमा तिम्रो सिद्धिको के अर्थ भयो ?’’

कुमार : ‘‘योगी प्रत्येक सासमा अमृतपान गर्छन् । सोऽहम् जप गर्छन्, सुख पाउँछन् ।’’

दत्त : ‘‘ए बाबु ! तिमी आफ्नो सुखस्वरूप आत्माभन्दा भिन्न योगादिबाट सुख चाहन्छौ ! गुडलाई भ्रान्ति भएपछि आफूभन्दा पृथक् चनादिबाट मिठास लिन जाओस् । चित्तको एकाग्रतारूपी योगबाट तिमी आफैलाई सुखी मान्दछौ र योगविना दुःखी । ज्ञानी त योगायोग दुवैलाई आफ्नो दृश्य मान्छन् । योगायोग सबै मनका कल्पना हुन् । योगरूप मनको कल्पनाभन्दा म चैतन्य पहिलेदेखि नै सुखरूप सिद्ध हुँ । जसरी शरीर प्राप्तिका लागि कसैले पनि योग गर्दैन किनभने योग गर्नुभन्दा पहिलेदेखि नै शरीर प्राप्त नै हुन्छ, त्यसै गरी सुखका लागि मलाई योग किन गर्नु पर्यो ? म आफै सुखस्वरूप हुँ ।’’

यो पनि पढ्नुहोस् – हस्तमैथुन तथा स्वप्नदोष

 

कुमार : ‘‘योगको अर्थ हो, जोड । यी जो सनकादि, ब्रह्मादिस्वरूपमा लीन हुन्छन् तिनीहरू पनि योगद्वारा नै स्वरूपलाई प्राप्त हुन्छन् ।’’

दत्त : ‘‘जुन स्वरूपमा ब्रह्मादि लीन हुन्छन् त्यसलाई ज्ञानी आफ्नो आत्मा जान्दछन् । हे सिद्ध ! मिथ्या नभन । ज्ञान र योगको के संयोग छ ? योग साधनारूप हो र ज्ञान उसको फलरूप हो । ज्ञानमा मिलन र बिछोड दुवै हुँदैन । योग कर्ताको अधीन छ र क्रियारूप हुन्छ ।’’

कपिल : ‘‘आत्माको सम्यक् अपरोक्ष ज्ञानरूपी योग सम्पूर्ण पदार्थलाई जान्नुरूप योग हो । मात्र क्रियारूप योगले सम्पूर्ण पदार्थलाई जान्न सकिँदैन, किनभने अधिष्ठानको ज्ञानले नै सबै कल्पित पदार्थको ज्ञान हुन्छ ।

आत्मअधिष्ठानमा योग कल्पित छ । कल्पितको ज्ञानमा अन्य कल्पितको ज्ञान हुन्छ । सपनाका पदार्थहरूको ज्ञानले अन्य सपनाका पदार्थहरूको ज्ञान हुँदैन तर सपनाको द्रष्टाको ज्ञानले नै सम्पूर्ण सपनाका पदार्थहरूको ज्ञान हुन्छ ।

त्यसो हुनाले आफूलाई यस संसाररूपी सपनाको अधिष्ठानरूप सपनाको द्रष्टा जान ।’’

सिद्धहरूले सोधे, ‘‘तिमी को हौ ?’’

दत्त : ‘‘म तिम्रो ध्यानाध्यान, सिद्धिअसिद्धिको द्रष्टा हुँ ।’’

राजा : ‘‘हे दत्त ! यस्तो आफ्नो स्वरूपलाई कसरी पाउन सकिन्छ ?’’

दत्त : ‘‘सर्वप्रथम त निष्काम कर्म गरी आफ्नो अन्तस्करणलाई शुद्ध पार । त्यसपछि सगुण अथवा निर्गुण उपासनादि गरेर अन्तस्करणको चञ्चलता हटाऊ । वैराग्यादि साधनले युक्त भई शास्त्रोक्त विधिअनुसार सद्गुरुको शरण लेऊ । उनको उपदेशामृतले आफ्नो आत्मालाई ब्रह्मरूप र ब्रह्मलाई आफ्नो आत्मारूप जान । सम्यक् अपरोक्ष आत्मज्ञान प्राप्त गर ।

हे राजन ! आफ्नो स्वरूपलाई पाउनका लागि देहाभिमान नै आवरण हो । जसरी सूर्यको दर्शनमा बादल आवरण हुन्छ । जाग्रत, सपना र सुषुप्तिमा तथा भूत, भविष्य र वर्तमानकालमा मनवाणीसहित जति प्रपञ्च छन् ती सबै तिम्रै चैतन्यका दृश्य हुन् । तिमी तिनका द्रष्टा हौ । प्रपञ्चका प्रकाशक चिद्घनदेव हौ ।

सन्दर्भ स्रोतः ईश्वरतिरhttps://shorturl.ae/60Vzw

0 Comments

Submit a Comment

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

यहाँ Janleva Mobile aur Itihas में मोबाइल से किस तरह से क्रूरता हो रही है तथा मोबाइल के इतिहास के बारे में जानेगे कि कैसे मोबाइल का आविष्कार हुआ । मोबाइल से क्रूरता की हदें पार I Janleva Mobile aur Itihas इंटरनेट, मोबाइल, कम्प्यूटर और टेलीविजन ने समाज को छिन्न-भिन्न...

read more
Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan यहाँ मोबाइल टावर के रेडिएसन से मनुष्य पशु पक्षी व पेडों को क्या क्या नुकसान हैं ? इस बिषय में रिसर्च क्या कहती है । मोबाइन टावरो की गाइड लाइन क्या है ? इनकी गलती के लिए शिकायत कैसे करे ? मोबाइल टावर क्या है ? Mobile Tower se Nukasan हमारे चारों...

read more
Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

मोबाइल रेडिएशन क्या है कैसे बचे Mobile Radiation se Bachav तथा रेडिएशन को कैसे नापा जाता है । इन सब विषय में लोगों की क्या राय है ? यह सब महत्वपूर्ण जानकारी यहाँ मिलेगी । मोबाइल रेडिएशन से बचने का उपाय I Mobile Radiation se Bachane ka Upay   मोबाइल फोन का सीधे...

read more
MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

मोबाइल फोन कैसे मनुष्य, जंगल, जानवन आदि को नुकसार पहुचाता है । MobilePhon ke Nuksan-Phayade मोबाइल फोन के नुकसान व फायदे के बारे में यहाँ विस्तृत बताया गया है । मोबाइल फोन से नुकसान I MobilePhon ke Nuksan 1.स्वास्थ्य पर बुरा प्रभावः a) नपुंसक बनाता हैः महर्षि दयानन्द...

read more
MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

यहाँ MobilePhone Lat Lakshan Upaay में बताया गया है कि हमें मोबाइल फोन की लत कैसे लगती है उसके लक्षण क्या है औऱ इस लत के छोडने के उपाय क्या है । इसका बहुत गहरा व अच्छा अध्यन करेगे । मोबाइल फोन की लतः II MobilePhone Lat Lakshan Upaay जब भी हम वीडियो गेम, सोशल मीडिया...

read more
Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous पिछले कुछ वर्षों से मोबाइल के उपयोग में तीव्र वृद्धि देखने को मिली है । भारत देश में करीब 83 करोड़ लोग स्मार्ट फोन का उपयोग करते हैं । मोबाइल ने हमारे जीवन के कुछ कार्यों को सरल अवश्य बनाया है लेकिन...

read more