5G Faila Raha Hai Corona | 5G फैला रहा है कोरोना (Nepali)
5G तपाइँको प्रत्येक चिजको निगरानी तथा जासुसी गर्ने छ । यसले सम्पूर्ण सूचना केन्द्रीय स्रोतसम्म पुर्याइदिने छ । हरेक मान्छेको डाटा एकत्रित गर्नु, त्यसमाथि निगरानी राख्नु पुँजीवादको सिद्धान्त हो । स्मार्ट सिटी, सेटलमेन्ट जोन, स्मार्ट विकास सबै ‘एजेन्डा-21’ को हिस्सा हो । मोबाइल, इन्टरनेट आदिद्वारा मानिसहरूलाई फाँसीवादी व्यवस्थासित अनलाइन जोडिँदै छ । खोपसित 5G को धेरै गहिरो सम्बन्ध छ । 5G Faila Raha Hai Corona
-
बिनामृत्युको मृत्यु: 5G को टावरहरूबाट मानिससहित प्रत्येक प्राणीको स्वास्थ्य खराब हुन्छ । रोगप्रतिकारक शक्ति तथा प्रजनन क्षमता नष्ट हुन्छ, मस्तिष्क रोग, क्यान्सर आदि रोग हुन्छ । यो शोथ (Inflammation) र हाइपोक्सिया रोग पनि उत्पन्न गर्छ । विदेशमा यसको विरोध तीव्रताका साथ भइरहेको छ, ठाउँठाउँमा टावरहरूमा आगो लगाइँदै छ । 5G Faila Raha Hai Corona
-
5G फाँसीको साङ्लो: संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सलाहकार झिबिग्न्यु ब्रेझिन्स्किलो ‘बिटविन टू एजेस’ नामक पुस्तकमा भनेका छन्, भविष्यमा यान्त्रिक युगमा मानिसहरूलाई अत्याधुनिक यन्त्रको उपयोग गरी निगरानी तथा नियन्त्रणमा राखिने छ ।
RFID नामक माइक्रो चिप मानिसमा लगाइने छ । यसबाट तपाइँको सम्पत्ति, जग्गाजमिन, घरमकान, बैङ्क अकाउन्ट आदि सबै गाँसिएको हुने छ । यो चिप सरकार आदिको सर्वरसित जोडिएको हुने छ । लुट, बलात्कार आदिको सुरक्षाको निहुँ पारेर सबैलाई अनिवार्य गरिने छ । नगद रुपियाँपैसा बाजारबाट हटाइने छ, सबथोक डिजिटल हुने छ ।
भारतमा केही स्थानमा कोरोना घोषित गरी ट्रैकिङ्गका लागि जियो-फेन्सिङ्ग (Geo-fencing) जडान गरिएको थियो । फेन्सिङ्ग नाघ्नेलाई दण्डित पनि गरिएको थियो । कोरोना खोप ID, आधार कार्ड झैं हरेक स्थानमा अनिवार्य गरिने छ । यसको अर्को चरण माइक्रो चिप निश्चित छ ।
सन्दर्भ स्रोतः https://srsinternational.org/shasak-hua-shaitan/nepali/
0 Comments