Guru Govind Shing ki Dharm Nishtha | गुरु गोविन्द सिंह की धर्म निष्ठा

Written by Jayprakash

📅 April 22, 2022

Guru Govind Shing

फतेहसिंह र जोरावरसिंह सिखधर्मका दशौं Guru Govind Shing | गुरु गोविन्दसिंहजीका सुपुत्र थिए । आनन्दपुरको युद्धमा गुरु महाराजको परिवार तितरबितर भयो । उनका दुई छोरा अजीतसिंह र जुझारसिंह फेला पर्यो, तर दुइटै कान्छा छोरा फतेहसिंह र जोरावरसिंह गुरु गोविन्दसिंहकी आमा गुजरीदेवीसँगै अन्यत्र बिछोडिए ।

मुसलमान शासकको क्रुरता

The cruelty of the Muslim ruler

Guru Govind Shing | गुरु गोविन्दसिंहका वीर सपूत

फतेहसिंह र जोरावरसिंह आफ्ना हजुरआमासँगै जङ्गल, पहाड आदि पार गर्दै एउटा नगरमा पुगे । त्यस बखत जोरावरसिंहको उमेर सात वर्ष एघार महिना र फतेहसिंहको उमेर पाँच वर्ष दश महिना मात्र थियो ।

त्यस नगरमा गङ्गु नामका ब्राह्मणसँग उनीहरूको भेट भयो । गङ्गु बिस वर्षसम्म Guur Govind Singh गुरु गोविन्दसिंहजीको भान्छेको रूपमा काम गरेका थिए । ती ब्राह्मणले गुजरीदेवीसँग दुवै बाबुहरूसहित आफ्नो घरमा बस्नका लागि आग्रह गरे । आफ्ना पुराना सेवक भएको नाताले गुजरीदेवी उनको घरमा जान तयार हुनुभयो ।

हजुरआमा गुजरीदेवीको सामानमा सुनका केही मोहरहरू थियो । ती मोहरहरू हेरेपछि गङ्गु ब्राह्मणले लोभवश आफ्नो इमानधर्म बिर्सिदै रातमा मौका पारी मोहरहरू चोरिहाले । त्यसपछि उसको लोभ झनै बढ्यो । उसले पुरस्कार पाउने लोभले मुरिन्डा थानामा गएर त्यहाँका कोतवाललाई गुरु गोविन्दसिंहका दुई छोरा र उनकी आमा उनको घरमा लुकेर बसिरहेको कुरा बताइदिए ।

कोतवालले गङ्गुसँगै केही सिपाहीहरू पठाएर दुवै बालकसहित हजुरआमा गुजरीदेवीलाई बन्दी बनाए । रातभरि मुरिन्डाको जेलमा राखेर अर्काे दिन उनीहरूलाई सरहिन्दको नवाफ कहाँ लगियो । यसै बिचमा हजुरआमाले दुवै बालकलाई उनका हजुरबुबा तेगबहादुर र बुबा Guru Govind Shing गुरु गोविन्दसिंहको वीरतापूर्ण कथाहरू सुनाउँदै गरिन् ।

सरहिन्द पुगिसकेपछि उनीहरूलाई किल्लाको एउटा हावादार बुर्जामा भोकैप्यासै राखियो । हजुरआमाले आफ्ना बाबुहरूलाई रातभरि वीरता तथा आफ्नो धर्ममा अटल रहनका लागि प्रेरित गर्दै रहिन् । मुगलहरूले सर्वप्रथम बाबुहरूलाई धर्मपरिवर्तन गर्नका लागि कर गर्ने छन् भन्ने कुरा उनी जान्दथिन् । दुवै बालकले आफ्नी हजुरआमालाई आफ्नो बुबा एवम् कुलको गाैरवमा कलङ्क लाग्न नदिने र आफ्नो धर्ममा अडिग रहने आश्वासन दिए ।

बिहानीपख केही सैनिकहरू दुवै बालकलाई लिनका लागि आइपुगे । दुवैले हजुरआमाको खुट्टा ढाेग्दै सफलताका लागि आशीर्वाद लिएर हिँडे । उनीहरू नवाफको सामुन्ने पुगेर सिंह झैं गर्जदै भने, ‘‘वाहे गुरुजीको खालसा, वाहे गुरुजीको फतह ।’’

चारैतिरबाट शत्रुहरूको घेरामा भएर पनि उनीहरूमा सिंह झैं निर्भिकता रहेको हेरेर दरबारियाहरू एक पटक त औंलो टाेक्न थाले । शरीरमा केशरी रङको लुगा, फेटा र खड्ग धारण गरेका ती दुवै बालयोद्धालाई हेरेर एक पटक त नवाफको पनि मुटु पग्ल्यो।

नवाफले भने, ‘‘इन्साह अल्लाह ! तिमीहरू अत्यन्तै राम्रा देखिन्छाै । तिमीहरूलाई दण्ड दिन इच्छा हुँदैन । बाबुहरू हो ! म तिमीहरूलाई नवाफको छोराछोरी झैं राख्न चाहन्छु । एउटा मात्रै सर्त छ, त्याे के भन्ने तिमीहरू मुसलमान बन ।’’

नवाफले लालच तथा प्रलोभन दिँदै पहिलो पासा चाले । यी फुच्चेहरूलाई मनाउन धेरै कठिन पर्दैन भन्ने साेचेका थिए उसले । यिनीहरू कुनै साधारण बालक नभई गुरु गोविन्दसिंहका सपूत हुन् । यिनीहरूको नसामा बग्ने रगत त्यस्तो वीर महापुरुषको हो जसले धर्मरक्षाका लागि आफ्नो बुबालाई पनि सहिद हुने प्रेरणा दिएका थिए र आफ्नो सम्पूर्ण जीवन धर्मका लागि लगाएका थिए भन्ने कुरा उसले बिर्सेका थिए । Guru Govind Shing ki Dharm Nishtha

नवाफको कुरा सुनेर दुवै बालकले निर्भीकतापूर्वक भने, ‘‘हामीलाई आफ्नो धर्म प्राणभन्दा पनि प्यारो छ । जुन धर्मका लागि हाम्रा पूर्वजहरूले आफ्नो प्राणको बलिदानसमेत दिएका छन्; हामी तिम्रो प्रलोभनमा आएर त्यसलाई छाडिदिऊँ, यो कहिल्यै हुन सक्दैन ।’’

नवाफको पहिलो चाल बेकार गयो । ती दुइटै बालयोद्धाहरू नवावको मिठो कुरा तथा प्रलोभनमा फसेनन् । त्यसपछि नवाफले अर्काे चाल चल्याे । उसले के साेच्याे भन्ने यिनीहरू केटाकेटी त हुन् । यिनीहरूलाई डराइधम्काइ काम बनाउन सकिहालिन्छ ।

नवाफले भने, ‘‘तिमीहरूले हाम्रो दरबारको अपमान गर्यो । मैले चाहेँ भने तिमीहरूलाई कडा दण्ड दिन सक्छु, तर एउटा अवसर अरू दिन्छु । अझै पनि समय छ, जीवित रहन चाहन्छाै भने मुसलमान बनिहाल नत्र..’’

नवाफको कुरा सक्नुभन्दा पहिल्यै उनीहरूले गर्जिदै भने, ‘‘नवाव ! हामीहरू उनै तेगबहादुरका नाति हौं जो धर्मका लागि सहिद हुनुभयो । हामी उनै Guur Govind Singh गुरु गोविन्दसिंहका पुत्र हौं जसले घाेषणा गरेका छन् Guru Govind Shing ki Dharm Nishtha

‘‘चिडियोँ से मैं बाज लडाऊँ, सवा लाख से एक लडाऊँ ।’’

अर्थात् चराहरूसित बाज लडाऊँ, एक जनालाई सवा लाखसित लडाऊँ ।

जसका प्रत्येक सिपाही तिम्रो सवा लाख गुलामहरूलाई धुलो चटाइदिन्छ, जसको नाम सुन्ने बितिक्कै तिम्रो राज्य व्यवस्था थरथर काम्न थाल्छ । तिमी हामीलाई मृत्युको भय देखाउँछौ । हामीलाई हाम्रो धर्म प्राणभन्दा पनि प्यारो छ । हामी प्राण त्याग्न सक्छौं, तर आफ्नो धर्म त्याग्न सक्दैनौं ।’’

यत्तिकैमा मन्त्री सुच्चानन्दले उनीहरूसँग साेधे, ‘‘ए ! त्यसाे भए यदि हामीले तिमी दुवै जनालाई छाडिदियौं भने तिमीहरू के गर्छौ ?’’

जोरावरसिंहले भने, ‘‘हामी सैनिक एकत्रित गरेर अत्याचारी मुगल शासकलाई यस देशबाट लखेट्नका लागि युद्ध गर्छौं ।’’

मन्त्री, ‘‘यदि तिमीहरू हार्यो भने ?’’

जोरावरसिंह, (दृढतापूर्वक) ‘‘पराजय शब्द हाम्रो जीवनमा नै छैन । हामी पराजित हुँदैनौं, विजयी हुन्छौं अथवा सहिद ।’’

बालकहरूको वीरतापूर्ण कुरा सुनेर नवाफ आगो झैं बन्याे । उसले काजीलाई आज्ञा दिए, ‘‘यी केटाहरूले दरबारको अपमान गरेका छन् र भविष्यमा पनि मुगल शासनको विरूद्ध विद्रोह गर्ने घोषणा गरेका छन् । त्यसैले यिनीहरूलाई के दण्ड तोक्ने ?’’

काजी, ‘‘यी केटाहरू मुगल शासनका दुश्मन हुन् र इस्लाम स्वीकार गर्न पनि तयार छैनन् । त्यसैले यिनीहरूलाई जिउँदै पर्खालमा चुनाइदिनुपर्छ ।’’

सैतान नवाफ र क्रुर काजीको ैसलापछि दुवै वीर योद्धालाई उनीहरूको हजुरआमा कहाँ पठाइयो । उनीहरूले उत्साहपूर्वक हजुरआमालाई पूरै घटना सुनाए । उनीहरूको वीरतापूर्ण कुरा सुनेर हजुरआमा गद्गद् भइन् । उनीहरूलाई छातीसँग लगाउँदै भन्न लागिन्, ‘‘मेरा प्यारा बाबुहरू हो ! तिमीहरूले आफ्नो बुबाको लाज राख्यौ ।’’

अर्क दिन दुवै वीर बालकलाई दिल्लीको सरकारी जल्लाद सिसाल बेग र विशाल बेगको जिम्मा दिइयो । उनीहरूलाई एकान्त स्थानमा लगेर उनीहरूको चारैतिर पर्खाल बनाउन थालियो । बिस्तारै बिस्तारै पर्खाल उनीहरूको कानसम्म आइपुग्यो । यत्तिकैमा जेठा दाजु जोरावरसिंहले अन्तिम पटक आफ्नो सानाे भाइ फतेहसिंह भएतिर हेर्दा उनको आँखामा आँसु छचल्कियो । Guru Govind Shing ki Dharm Nishtha

जोरावरसिंहको यो अवस्था हेरेर त्यहाँ उभिरहेका काजी अत्यन्त प्रसन्न भयो । उसले यी केटाहरू मृत्युदेखि डराइरहेका छन् भनी ठाने । यसैलाई मौका ठानेर उसले जोरावरसिंहसँग भने, ‘‘केटाहरू हो ! अझै समय छ । यदि मुसलमान बन्छाै भने तिमीहरूको दण्ड माफ गरिने छ ।’’

जोरावरसिंहले गर्जिदै भने, ‘‘मूर्ख काजी ! म मृत्युदेखि डराएको होइन । मेरो भाइ यस संसारमा मभन्दा पछि आएर पनि मभन्दा पहिल्यै धर्मका लागि सहिद हुँदै छ । म जेठो भएर पनि यो साैभाग्य मिलेन, यसैले मलाई रुन आएको हो ।’’

सात वर्षको जोरावरसिंहको मुखबाट यस्तो कुरा सुनेर सबै दङ्ग परे । केही बेरमै पर्खाल बनाउने कार्य पूरा भयो । ती दुवै धर्मवीर बालकहरूलाई त्यसैभित्र बन्द गरियो । पछि तुरुन्तै पर्खाल भत्काउँदा दुवै जना अचेत भइसकेका थिए, तैपनि अत्याचारीहरूले यसै स्थितिमा ती दुवैको हत्या गरिदिए ।

संसारको कुनै पनि देशमा यसप्रकारको घटना भएको पाइँदैन, जसमा सात र पाँच वर्षको बालयोद्धाहरूको वीरगाथाको वर्णन रहेको होस् ।

जोरावरसिंह र फतेहसिंह बुबासित बिछोडिएर शत्रुको कैदमा पुगिसकेका थिए । सानै उमेरमा यिनीहरूलाई यति ठुलो सङ्कटको सामना गर्नुपèयो । धर्म छाड्नका लागि पहिले लोभ र पछि कठोर यातना दिइयो तैपनि यी दुइटै वीर बालकहरू आफ्नो धर्ममा अडिग रहे । धन्य छन्, यस्ता धर्मनिष्ठ बालकहरू !

स्वधर्ममा मर्नु श्रेष्ठ हो-

प्रत्येक मानिसमा आफ्नो धर्मप्रति श्रद्धा तथा आदर हुनुपर्दछ । भगवान् श्रीकृष्णले पनि भन्नुभएको छ ः

श्रेयान्स्वधर्माे विगुणः परधर्मात्स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेयः परधर्माे भयावहः ।।

अर्थः ‘‘राम्ररी आचरण गरिएको अर्काको धर्मभन्दा आफ्नो धर्म नै अति श्रेष्ठ हुन्छ । आफ्नो धर्ममा मर्नु पनि कल्याणकारी हुन्छ र अर्काको धर्म भयदायक हुन्छ ।’’

(गीताः  3.35)

जति बेला भारतमा शाहजहाँको शासन थियो, त्यस बेलाको घटना हो । तेह्र वर्षीय हकिकत राय स्यालकोटको एउटा सानाे मदरसामा पढ्थ्याे । एक पटक केही मुसलमान केटाहरूले हकिकत रायलाई गाली गरे । पहिले त ऊ चुप रह्यो । त्यत्तिकै पनि सहनशीलता त हिन्दुहरूको गुण नै हो । जब ती उद्दण्ड केटाहरूले हिन्दु देवीदेवताको नाममा गाली गर्न थाले, तब त्यो वीर बालकले आफ्नो धर्मको अपमान सहन गर्न सकेन ।

हकिकत रायले भने, ‘‘अब हद नाघ्यो ! आफ्नो लागि त मैले सहनशक्तिको उपयोग गरेँ । तर मेरो धर्म, गुरु र भगवान्का लागि अब एक शब्द पनि बोल्यौ भने त्यो मेरो सहनशक्तिभन्दा बाहिरको कुरा हुने छ । मेरो पनि जिब्रो छ । म पनि तिमीहरूलाई केही भन्न सक्छु ।’’

ती उद्दण्ड केटाहरूले भने, ‘‘बोलेर त देखा ! तँलाई हामीले जान्या छ ।’’

हकिकत रायले पनि उनीहरूलाई दुईचार कटु शब्द सुनाइदिए । त्यहीँ दुईचार शब्द सुनेर मुल्लामौलवीहरूको रगत तात्याे । उनीहरूले हकिकत रायलाई ठिक पार्ने मौका पर्खिन थाले । सबै जना एकातिर हकिकत राय मात्र अलग्गै । त्यस ताका मुगलहरूकै शासन थियो । हकिकत राय झ्यालखानामा कैद गरियो ।

मुगल शासनको र्तफबाट हकिकत रायलाई सनद पठाइयो । त्यसमा लेखिएको थियो, यदि तिमी कलमा पढ्छौ र मुसलमान बन्छौ भने तिमीलाई अहिले नै माफ गरी दिइने छ । होइन भने तिमीलाई ासीको दण्ड दिइने छ ।’’

हकिकत रायको आमाबुबा झ्यालखानाको बाहिर आँसु बगाइरहेका थिए । उनीहरूले हकिकत रायलाई भने, ‘‘छोरा ! तिमी मुसलमान बनिहाल । कम्तीमा हामी तिमीलाई जीवित देख्न त पाउँछौं ।’’

हकिकत रायले भने, ‘‘के मुसलमान बनेपछि मेरो मृत्यु हुँदैन ?’’

आमाबुबा, ‘‘मृत्यु त हुन्छ ।’’

हकिकत राय, ‘‘उसाे भए म आफ्नै धर्ममा मर्नु राम्रो मान्छु । म सास छउन्जेल अर्काको धर्ममा जान्न ।’’

क्रूर मुगल शासकले हकिकत रायको दृढता हेरेर उसलाई धम्की दिन थाले । तर, ती बहादुर किशाेरलाई ती धम्कीहरूले कति पनि हल्लाउन पनि सकेनन् । उसको दृढनिश्चयलाई पूरा राज्य शासनले पनि डगमगाउन सकेन ।

अन्तमा, मुगल शासकले उसलाई प्रलोभन देखाएर आफ्नो पक्षमा तान्न खाेजे, तर ती बुद्धिमान वीर किशोर प्रलोभनमा फसेनन् ।

त्यसपछि क्रूर मुसलमान शासकले वीर हकिकत रायको टाउको काट्ने आदेश दिए । जल्लादको हातमा चमचमाउँदाे तरबार हेरेर अलिकति पनि उनी भयभीत भएनन् । बरु आफ्नो गुरुबाट प्राप्त ज्ञानको स्मरण गर्न लागे, ‘‘यस तरबारले कसलाई मार्न सक्छ ? यही पञ्चभौतिक शरीरलाई त मार्ने हो । यस्तो पञ्चमहाभूतको शरीर त अनेकौं पटक पाइयो र अनेकौं पटक यसको मृत्यु भयो । के यस तरबारले मलाई मार्न सक्छ ? अहँ, म अमर आत्मा हुँ, परमात्माको सनातन अंश हुँ । ॐ, ॐ, ॐ ।’’

हकिकत रायले गुरुज्ञानको चिन्तन गरिरहेकै बखत क्रूर काजीहरूले जल्लादलाई तरबार चलाउने आदेश दिए । जल्लादले तरबार उठायो, तर त्यस निर्दाेष बालकलाई हेरेर उसको अन्तरात्मा काम्न लाग्यो । उसको हातबाट तरबार खस्यो र हात काँप्न लाग्यो । काजीले भने, ‘‘तँलाई जागिर गर्नु छ कि छैन ? यो के गरेको यस्तो ?’’

हकिकत रायले तरबार उठाएर जल्लादको हातमा थमाइदिए ।

उसले आँखा बन्द गरेर पूर्ववत् परमात्मचिन्तन गर्न लागे, ‘‘हे अकालपुरुष ! जसरी सर्प काँचुली फेर्छ त्यसरी नै म यो नश्वर शरीर छोडिरहेको छु । मलाई हजुरको चरणको प्रीति मिलोस् । जसले गर्दा म हजुरको चरणमा पुग्न सकूँ । फेरि फेरि मलाई वासनाको पुतली बनेर यताउता भट्किन नपरोस् । अब, प्रभु ! मलाई आफ्नो शरणमा लिनुहोस्, म प्रभुको प्रभु मेरो, हे मेरो अकालपुरुष !’’

त्यसै बखत जल्लादले तरबार चलाइदियो । उसको टाउको शरीरबाट अलग भयो ।

हकिकत रायले 13 वर्षको सानाे उमेरमा धर्मका लागि आफ्नो ज्यान दिए । उसले शरीर छाडे तर धर्म छाडेनन् ।

‘‘गुरु तेगबहादुर बोलिया, सुनो सिखो ! बडभागिया, धड दीजे धरम न छोडिये ..’’

हकिकत रायले आफ्नो जीवनमा उपरोक्त कुरा चरितार्थ गरेर देखाइदिए ।

हकिकत राय धर्मका लागि बलिवेदीमा चढे, तर उसको बलिदानले हिन्दुभूमिका करोडौं युवाहरूमा एक प्रकारको जोस नै भरिदिएको छ । धर्मका लागि प्राण दिनु परे पनि दिने, तर विधर्मीहरूको अगाडि कहिल्यै नझुक्ने । बरु आफ्नै धर्ममा भोकै मर्नु परे पनि स्वीकार छ, तर परधर्म कहिल्यै स्वीकार गरिने छैन ।

यस्तै वीरहरूका बलिदानको फलस्वरूप हामीहरूलाई यो धार्मिक स्वतन्त्रता प्राप्त भएको छ । करोडौं प्राणको आहुतिद्वारा मिलेको यस स्वतन्त्रतालाई हामीले व्यसन, फेसन र चलचित्रबाट प्रभावित भएर नबिर्सौं ! त्यसाे हुनाले सनातन संस्कृतिका अनुयायीहरूले सावधान रहनुपर्ने भएको छ ।

सन्दर्भ पुस्तकः https://bit.ly/3EFbUsg

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

No Results Found

The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

New Articles

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

यहाँ Janleva Mobile aur Itihas में मोबाइल से किस तरह से क्रूरता हो रही है तथा मोबाइल के इतिहास के बारे में जानेगे कि कैसे मोबाइल का आविष्कार हुआ । मोबाइल से क्रूरता की हदें पार I Janleva Mobile aur Itihas इंटरनेट, मोबाइल, कम्प्यूटर और टेलीविजन ने समाज को छिन्न-भिन्न...

read more
Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan यहाँ मोबाइल टावर के रेडिएसन से मनुष्य पशु पक्षी व पेडों को क्या क्या नुकसान हैं ? इस बिषय में रिसर्च क्या कहती है । मोबाइन टावरो की गाइड लाइन क्या है ? इनकी गलती के लिए शिकायत कैसे करे ? मोबाइल टावर क्या है ? Mobile Tower se Nukasan हमारे चारों...

read more
Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

मोबाइल रेडिएशन क्या है कैसे बचे Mobile Radiation se Bachav तथा रेडिएशन को कैसे नापा जाता है । इन सब विषय में लोगों की क्या राय है ? यह सब महत्वपूर्ण जानकारी यहाँ मिलेगी । मोबाइल रेडिएशन से बचने का उपाय I Mobile Radiation se Bachane ka Upay   मोबाइल फोन का सीधे...

read more
MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

मोबाइल फोन कैसे मनुष्य, जंगल, जानवन आदि को नुकसार पहुचाता है । MobilePhon ke Nuksan-Phayade मोबाइल फोन के नुकसान व फायदे के बारे में यहाँ विस्तृत बताया गया है । मोबाइल फोन से नुकसान I MobilePhon ke Nuksan 1.स्वास्थ्य पर बुरा प्रभावः a) नपुंसक बनाता हैः महर्षि दयानन्द...

read more
MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

यहाँ MobilePhone Lat Lakshan Upaay में बताया गया है कि हमें मोबाइल फोन की लत कैसे लगती है उसके लक्षण क्या है औऱ इस लत के छोडने के उपाय क्या है । इसका बहुत गहरा व अच्छा अध्यन करेगे । मोबाइल फोन की लतः II MobilePhone Lat Lakshan Upaay जब भी हम वीडियो गेम, सोशल मीडिया...

read more
Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous पिछले कुछ वर्षों से मोबाइल के उपयोग में तीव्र वृद्धि देखने को मिली है । भारत देश में करीब 83 करोड़ लोग स्मार्ट फोन का उपयोग करते हैं । मोबाइल ने हमारे जीवन के कुछ कार्यों को सरल अवश्य बनाया है लेकिन...

read more